नेपाली गाँउ खाने कथाहरू
उल्टो सुल्टो एउटै हुन्छ पांच अक्षरको नाम, चड्दो बैंशको को झल्को दिन्छ गर्दा अर्थज्ञान ।
नवजीवन
खुट्टा काटी रुख चढी ।
जुत्ता फुकालेर रुख चढेको
आँखा झिमिक्क झिम्क्यायो कि पेट भित्रै निम्त्यायो ।
क्यामरा
गहतकोसे घोप्टि गाई, वनमा चरी भोकै आइ ।
हँसिया
चाँदीको ठेकी, सुनको खोल ।
केरा
कान समाती माथि उठायो चट्ट आगो लायो, कान समाती तल ल्यायो रात लाई दिन बनायो ।
लालटिन
गोडा छैनन् टाढा जान्छ, मुख छैन कुरा गर्छ ।
चिठी
आकाशमा हिड्ने गर्छ आकाशमै घर, बिहान हुन्छ एकातिर साँझ अन्तै सर ।
सुर्य
चम्कन्छ तारा होइन, मोतिजस्तो छ मोति होइन, टिप्ता खेरि बिलाउँछ फुस्सा होइन ।
कर्कलाको पानीको थोपा
अक्षर छ किताब होइन, गोलो छ इनार होइन, संसार डुल्छ खुट्टा छैन ।
पैसा
आफु भने निर्जीव हो आकार चार पाटो, हिसाब गर्न थाल्यो भने मानिस भन्दा टाठो ।
क्यालकुलेटर
आई गुजी पाई गुजी, पानी देखि डराई गुजी ।
जुत्ता
आई बुढी मचिदै, गइ बुढी थचिदै ।
पिङ
अघि म हरियो थिएँ पछि भएँ राती, यै वैरीका फेला परेँ कागजस्ती काली ।
चुक
एक मुलका दस धारा ।
हजारी
उँधोबाट हाँस आयो , एक मुठी घाँस ल्यायो ।
मुला
उँधोबाट हाँस आयो , एक मुठी घाँस ल्यायो ।
मुला
चरा होइन उड्छ, बत्ति होइन बल्छ ।
जुनकिरी
उँधो टिङ्-रिङ्ङ्, उँभो जिङ्-रिङ्ङ् ।
गहुँ
एउटा चरीका तिन वोटा पंख ।
बिजुलीको पंखा
आमा को पेटमा छोरि चलि रहन्छे ।
ताल्चा मारेको